कोशी प्रदेशको बजेट

कोशी प्रदेशको बजेट सर्वसम्मतले पारित

बुधबार, मंसिर १३, २०८०

काठमाडौं- कोशी प्रदेशको बजेट सर्वसम्मतले पारित भएको छ।

शनिबार मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभामा पेश गरेको विनियोजन अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न बनेको आर्थिक वर्ष २०८०–८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० सर्वसम्मतले पारित भएको हो।

प्रस्तुत बजेट विवरणमा चालू आर्थिक वर्षका लागि ३६ अर्ब ७४ करोड ३५ लाख १० हजारको बजेट प्रस्ताव थियो ।

उक्त विधेयकमा असहमति राख्दै एमालेका ६ र राप्रपाका २ सांसदले खर्च कटौतीको प्रस्ताव राखेका थिए ।

मुख्यमन्त्री कार्कीले नमिलेको बजेट मिलाउने प्रतिबद्धता जनाएपछि सांसदहरूले खर्च कटौतीको प्रस्ताव फिर्ता लिएका थिए।

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १७:४३
प्रतिक्रिया दिनुहोस्