अस्वस्थ जीवनशैली र खानपानका कारण नसर्ने रोग बढ्यो :  आरजु राणा

मंगलबार, मंसिर १२, २०८०

कोहलपुर–  कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति डा.आरजु राणा देउवाले अस्वस्थ जीवनशैली र खानपानका कारण नसर्ने रोगको शिकार हुनुपर्ने अवस्था आएको बताएकी छन् । 

‘नसर्ने रोगको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना’ अन्तर्गत ‘स्वस्थ सहर अभियानका लागि कार्यशाला गोष्ठी’ मा उनले स्वस्थ जीवनशैली अपनाउन सबैलाई आग्रह गरिन् ।

सुरक्षित मातृत्व सञ्जाल महासङ्घ नेपालका अध्यक्षसमेत रहेकी डा राणाले उमेर बढ्दै गएपछि आफ्नो स्वास्थ्यको उचित ख्याल गर्नुपर्नेमा जोड दिइन् । नेपाली कांग्रेस नेत्री डा राणाले नसर्ने रोगले डरलाग्दो रुप लिइरहेको बताउँदै नयाँ पुस्तालाई खानपीनबारे शिक्षा दिनुपर्ने बताइन् । 

नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले नसर्ने रोगका बिरामी बढ्दै गएकाले त्यसतर्फ सबैले ध्यान दिनुपर्ने बताए ।

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  २१:२५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार