काठमाडौँ महानगरभित्र खैनी, गुट्खालगायत विक्रि बितरण तथा धुम्रपानमा पूर्ण प्रतिवन्ध

मंगलबार, मंसिर १२, २०८०

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले खैनी गुट्का, पानपरागलगायतको सूर्तिजन्य पदार्थहरु विक्रि बितरण तथा धुम्रपानलाई पूर्ण रुपमा प्रतिवन्ध लगाएको छ ।

महानगरले आज एक विज्ञप्ति जारी गर्दै आगामी मंसीर २७ गतेदेखि लागु हुनेगरी महानगरभित्र सार्वजनिक स्थानमा खैनी गुट्का, पानपरागलगायतको सूर्तिजन्य पदार्थहरु विक्रि बितरण तथा धुम्रपानलाई पूर्ण प्रतिवन्ध लगाएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘सूर्तिजन्य पदार्थको सेवन ले राज्यको करोडौ रकम खर्च भईरहेको अवस्था समेतलाई दृष्टिगत गरी पहिलो चरणमा प्लाष्टिकको बट्टामा प्याकेजिङ्ग गरिएका जस्तै खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका सूर्तिजन्य पदार्थहरु र सार्वजनिक स्थानमा धुम्रपानलाई यो सूचना प्रकाशित भएको मितिले १५ दिन पछि काठमाडौँ महानगरपालिका क्षेत्र भित्र विक्री वितरणमा पूर्ण रुपमा प्रतिबन्ध लगाईएको छ ।’

महानगरले सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ को दफा ४ र काठमाडौं महानगरपालिका जनस्वास्थय ऐन २०८० को दफा ४२ ले सूर्ति तथा मदिराजन्य पदार्थ विक्री वितरणामा रोक लगाउन सक्ने, निषेध र बिक्री वितरणका लागि खुल्ला क्षेत्र तोक्न सक्ने, बालबालाकाहरुलाई विकी वितरण गराउन नपाईने, सार्वजनिक स्थलहरुको चारकिल्ला तोकी सो वरपर सूर्तिजन्य र जंक फुड विक्री वितरण गर्न निषेध गर्न सक्ने कानूनी व्यवस्था रहेको बताएको छ । 

सूर्ति सेवनको निमित्त बनाईएको वा उत्पादन गरिएको चुरोट, विडि, सिंगार, तमाखु, सुल्फा, प्लाकष्टिकमा प्याक गरिएका कच्चा सूर्ति, खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखे रस लिने सूर्तिजन्य पदार्थको सेवन मानव स्वास्थ्यको लागि अत्यन्त हानीकारक भएको महानगरको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्ति

kathmandu-mahanagar-notice-1701185042.jpg

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  २१:११
प्रतिक्रिया दिनुहोस्