अर्थतन्त्रमा समस्या

आर्थिक सङ्कटविरुद्ध मिलेर सामना नगरे थप गहिरिँदै जानसक्छ : प्रधानमन्त्री

मंगलबार, मंसिर ५, २०८०

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रमा समस्या देखाएर राजनीतिक फाइदा उठाउने प्रयास भइरहेको बताएका छन् ।

सिंहदरबारमा मंगलबार नेपालको अर्थतन्त्रको विद्यमान अवस्था र भावी दिशाको बिषयमा राजनीतिक क्षेत्र, निजि क्षेत्र, बिज्ञ लगाएत सरोकारवालासंग छलफल गर्दै प्रधानमन्त्री प्रचण्डले सहकारी, लघुवित्त, बैङ्क ब्याज, व्यवसायीको कर्जासम्बन्धी समस्यालाई देखाउदै राजनीतिक फाइदा उठाउने प्रयास भइरहेको बताएका हुन् ।

उनले अहिले समाजमा अराजकता फैलाउने कोशिस भइरहेकाले बाहिरको भ्रम चिर्न सरोकारवाला सवै एकठाउँमा छन् भन्ने सन्देश दिनुपर्ने बताए । प्रधानमन्त्री प्रचण्डले एक बर्षको अवधिमा अर्थतन्त्रका धेरै सूचकहरु सकारात्मक देखिएपनि अर्थतन्त्र पूर्ण रुपमा दबाबमुक्त हुन नसेकेको धारणा राखे ।

नेपालको अर्थतन्त्रको वर्तमान अवस्था र आगामी दिनका अघि बढ्न सरकारले योजना बनाउन खोजेको उनले बताए । प्रधानमन्त्री प्रचण्डले मुलुकको अर्थतन्त्रको अवस्थामा मिलेर सामना नगरे सङ्कट थप गहिरिँदै जान सक्ने जिकिर गरे ।

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  २०:४५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार