Nic Ad Nic Ad
Nic Ad Nic Ad
टिकटक प्रतिबन्ध

सर्वोच्चद्वारा टिकटक प्रतिबन्धबारे अन्तरिम आदेश दिन अस्वीकार

मंगलबार, मंसिर ५, २०८०

काठमाडौँ– सर्वोच्च अदालतले टिकटक प्रतिबन्धको निर्णय गर्नुको कारणबारे सरकारसँग लिखित जवाफ माग गरेको छ ।

न्यायाधीश विनोद शर्माको एकल इजलासले आज रिट निवेदकको माग अनुसार सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउन अन्तरिम आदेश दिन अस्वीकार गर्दै सरकारसँग लिखित जवाफ माग गरेको हो ।

रिट निवेदकको माग अनुसार सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउन अन्तरिम आदेश दिन अस्वीकार गर्दै अदालतले आगामी मंसिर १९ गते पूर्ण सुनुवाइका लागि पेश गर्नसमेत आदेश दिएको छ ।

२७ कात्तिकमा मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सरकारको उक्त निर्णयले अभिव्यक्ति स्वतन्त्रता हनन् गरेको भन्दै सरोकारवाला र कानुन व्यवसायीले गरी सर्वोच्च अदालतमा १० भन्दा बढी रिट परेको थियो ।

writ_tiktok-1700572861.JPG

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १७:०६
प्रतिक्रिया दिनुहोस्