बाघको आक्रमण

बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु

आइतबार, मंसिर ३, २०८०

बर्दिया– बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

बर्दियाको राजापुर नगरपालिका–१० सुकुम्बासी टोल निवासी २५ वर्षीया ममता सुनारको आज घाँस काट्ने क्रममा बाघको आक्रमणमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए ।

बितेका चार वर्षमा नेपाल–भारत सिमानामा पर्ने वन क्षेत्रमा बाघको आक्रमणबाट राष्ट्रिय वन र निकुञ्ज क्षेत्रमा गरी ३५ जनाको ज्यान गइसकेको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  २०:१७
प्रतिक्रिया दिनुहोस्