कोशीमा जस्तै सहमतिको संघिय सरकार आवश्यक छ : डा.शेखर कोइराला

शनिबार, मंसिर २, २०८०

विराटनगर– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोशी प्रदेशमा जस्तै संघिय सरकारमा पनि सहमतिको सरकार आवश्यक रहेको बताएका छन् ।

शनिवार विराटनगरमा आयोजित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले मुलुकको अवस्था र व्यवस्था सुधार्न सबै राजनैतिक दलहरु मिलेर अघि बढ्नुको विकल्प नभएको बताएका हुन् । 

उनले लोकतन्त्रमा विरोधको स्वरलाई दबाउन नहुने जिकिर गर्दै विरोधमा उठेका आवाजहरुलाई सम्बोधन गर्दै समस्यालाई पहिचान गरेर समाधान गर्नुपर्ने बताए । कोइरालाले संविधानमा उल्लेख भएका अधिकारहरु प्रदेशलाई नदिइएका कारण संघियता बद्नाम हुदै गएको धारणा व्यक्त गरे ।

उनँले कर्मचारी समायोजन ऐन र प्रहरी समायोजन ऐन छिट्टै ल्याएर प्रदेशलाई अधिकार सम्पन्न बनाउनु पर्ने बताए । राजनीतिक दलका नेताहरुको एकात्मक सोचका कारण संघियता बद्नाम भइरहेको उनको भनाई छ ।

प्रकाशित मिति: शनिबार, मंसिर २, २०८०  १८:०७
प्रतिक्रिया दिनुहोस्