एमालेको विशेष बैठक बस्दै

शनिबार, मंसिर २, २०८०

काठमाडौं - नेकपा एमालेको विशेष बैठक आज (शनिवार) बस्दैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आह्वान गरेको बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो ।

बैठकमा पार्टीका पदाधिकारी, उपलब्ध केन्द्रीय सदस्यहरू, जनसंगठनका पदाधिकारी, उपत्यकाका पार्टी कमिटीका प्रमुखहरू लगायतलाई बोलाइएको छ ।

समसामयिक राजनीति तथा राष्ट्रिय युवा संघ नेपालले मङ्सिर ७ गते काठमाडौंमा गर्न लागेको प्रदर्शनको तयारीका सन्दर्भमा छलफल गर्न विशेष बैठक बोलाएको एमाले केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । बैठकमा अध्यक्ष ओलीले सम्बोधन गर्ने जनाइएको छ ।

एमालेको भ्रातृ संस्था राष्ट्रिय युवा संघले यही मंसिर ७ गते भ्रष्टाचार, महँगी, अनियमितता तथा राज्यको अराजकताविरुद्ध काठमाडौंमा जनप्रदर्शन गर्दैछ।

प्रकाशित मिति: शनिबार, मंसिर २, २०८०  ०८:०१
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार