राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

बुधबार, कात्तिक २९, २०८०

काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने भएका छन् ।

राष्ट्रपति पौडेलले आज बिहान १० बजेर ५१ मिनेटको शुभसाइतमा बहिनीहरूको हातबाट टीका र आर्शिवाद लिनुहुने राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान १० बजेर ५१ मिनेटका लागि तय गरेको छ । भाइटीकाको उत्तम साइत बिहान १० : ५१ बजे भए पनि दिनभर नै टीका लगाउन सकिने समितिले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक २९, २०८०  ०७:५१
प्रतिक्रिया दिनुहोस्