मन्त्रिपरिषद्काे निर्णय

यी हुन् मन्त्रिपरिषद बैठकले गरेका ९ निर्णय

सोमबार, कात्तिक २७, २०८०

काठमाडौं- सरकारले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि छुट्टाएको बजेट भूकम्पपछिको पूर्नस्थापना र पर्नूनिर्माणमा खर्च गर्ने गरी विपद् ब्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको छ । बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

८ अर्ब २५ करोड हाललाई विपद् ब्यवस्थापन कोषमा सार्ने र एक अर्ब ७५ करोड समेत सो कोषमा थप गरेर जम्मा १० अर्ब विपद् ब्यवस्थापनका लागि उपलब्ध गराउने निर्णय सरकारले लिएको हो ।

त्यस्तै सरकारले नेपाल भूकम्प , प्रँकृतिक प्रकोप र जलवायु परिवर्तनको उच्च जोखिममा रहेको मुलुक भएकाले ब्यक्तिगत आवास लगायतका सबै भवन तथा संरचनाको बीमा गराउने सम्वन्धमा अध्ययन गरी प्रतिवेदन बुझाउन मुख्य सचिवको नेतृत्वमा कार्यदल बनाउने सम्मको निर्णय गरेको छ ।

भूकम्पले क्षति पुगेका घर परिवारलाई तत्काल अस्थायी आवास निर्माणका लागि प्रतिघर ५० हजार रुपैया दिने निर्णय पनि सरकारले गरेको छ ।

सरकारले नेपाल संवत्लाई अब देखि सरकारी कागजातमा समेत उल्लेख गर्ने निर्णय पनि गरेको छ । प्रधानमन्त्री प्रचण्डले केही दिन अगाडी मात्रै पदमरत्न तुलाधरको स्मृति दिवसमा उक्त प्रतिवद्दता जनाएका थिए ।

यी हुन् सरकारले गरेका निर्णयहरु

प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०  १४:११
प्रतिक्रिया दिनुहोस्