Nic Ad Nic Ad
Nic Ad Nic Ad

तिहार बिदामा पनि सर्वोच्च अदालत खुला रहने

आइतबार, कात्तिक २६, २०८०

काठमाडौं- तिहार बिदामा पनि सर्वोच्चले अत्यावश्यक सेवा दिने भएको छ। बन्दी प्रत्यक्षीकरण, निवेदन दर्ता लगायतका कामका लागि सर्वोच्च अदालत तिहार बिदामा समेत खुला रहने भएको हो।

यही कात्तिक २६ गते आइतबारदेखि भाइटिकाको दिनबाहेक अन्य दिन बिहान ११ बजेदेखि ३ बजेसम्म अदालत खुला रहने भएको हाे ।

सर्वोच्च अदालतका अनुसार कात्तिक २६ गते आइतबार न्यायाधीश प्रकाशमान सिंह राउत, कात्तिक २७ गते सोमबार न्यायाधीश सपना प्रधान मल्ल, कात्तिक २८ गते न्यायाधीश हरिप्रसाद फुयाँल र कात्तिक ३० गते बिहीबार न्यायाधीश कुमार रेग्मीलाई जिम्मेवारी तोकिएको छ ।

कात्तिक २८ गते भाइटीकाको दिन भने अदालत बन्द रहनेछ । सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणका लागि बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म इजलास रहनेछ ।

 

प्रकाशित मिति: आइतबार, कात्तिक २६, २०८०  १०:५३
प्रतिक्रिया दिनुहोस्