धादिङमा भूकम्पको धक्का

आइतबार, कात्तिक २६, २०८०

काठमाडौं - धादिङमा भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार राति ११ बजेर २३ मिनेटमा ३.५ म्याग्निच्युडको भूकम्पको धक्का मापन गरिएको हो ।

सो भूकम्पको केन्द्रविन्दु धादिङको खरी आसपास रहेको केन्द्रले जनाएको छ। यसअघि खरी आसपास भएर गत कार्तिक ५ गते पनि ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रकाशित मिति: आइतबार, कात्तिक २६, २०८०  ०८:४०
प्रतिक्रिया दिनुहोस्