प्रचण्डकाे जिकिर

जनयुद्धको मर्मलाई कसैले दवाउन सक्दैन : प्रचण्ड

बिहीबार, कात्तिक २३, २०८०

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धको मर्मलाई कसैले दवाउन नसक्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको पुस्तक ‘यात्रा जिन्दगी’को लोकार्पण गर्दै प्रधानमन्त्री प्रचण्डले मुलुकको आमूल परिवर्तनमा जनयुद्धको भूमिका अद्वतीय रहेको भन्दै जनयुद्धको मर्मलाई कसैले दवाउन नसक्ने बताएका हुन् ।

पृथ्वीनारायण शाहको एकीकरण अभियानपछि नेपालमा जनस्तरबाट गरिएको सबैभन्दा ठूलो त्याग र विद्रोह जनयुद्ध नै भएको उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले आधुनिक नेपाल निर्माणको प्रक्रिया नेपाली इतिहासको ऐतिहासिक परिघटना भएकाले पृथ्वी जयन्तीलाई बिदा दिने निर्णय गराएको स्पष्ट पारे । प्रचण्डले तत्कालिन अवस्थामा संयुक्त राष्ट्रसंघको बैठकमा नेपालको राजनीतिक अवस्थामा बारेमा भ्रमण छर्ने राजा–महाराजाको सपनालाई आफुले एकलौटी तीन महिने युद्ध विराम घोषणा गरेर रोकेको जिकिर गरे । त्यही युद्धबिरामभित्र सात राजनीतिक दलहरुसंग वार्ता भएर १२ बुँदे सहमति भएको उनले बताए । 

प्रचण्डले पूर्वउपराष्ट्रपति पुनले लेखेको पुस्तक ‘यात्रा जिन्दगी’ सरलता र इमानदारिताको प्रतीक भएको बताए । आफ्नो जिम्मेवारीप्रति कहिल्यै लापरवाही नगर्ने र जनयुद्धकाल र शान्ति प्रक्रियामा पनि आफ्नो आदेशलाई जस्ताको तस्तै लागू गर्ने एक जना नेता पुन भएको उनले स्मरण गरे ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  १८:५७
प्रतिक्रिया दिनुहोस्