आहा ! ढकमक्क फुल्यो सयपत्री फुल [तस्बिर]

बिहीबार, कात्तिक २३, २०८०

उज्यालो र फूलैफूलको पर्व तिहार सुरू भएको छ । घर–घरमा ढकमक्क फुलेको सयपत्री र मखमलीले छुट्टै सुन्दरता थपेकाे छ । तिहारको मुख्य दिन भाइटिकामा दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपश्चात सयपत्री र मखमलीको माला लगाइदिने प्रचलन छ । 

गाई, गोरु र कुकुर तिहारको अवसरमा पशुलाई समेत फूलको माला लगाएर पूजा गरिने हुँदा तिहारमा सयपत्री र मखमली फूलको अत्यधिक प्रयोग हुने गर्दछ । विगतका वर्षमा भारतीय सयपत्रीको माला नेपाली बजारमा प्रशस्त पाइने गरे पनि यस वर्ष नेपाल सरकारले भारतीय माला आयातमा प्रतिबन्ध लगाएपछि नेपाली फूलले राम्रो बजार मूल्य पाउन सक्ने देखिएको छ ।

Marrygold_rssphoto-3-1699532520.jpgस्याङ्जाको कालीगण्डकी गाउँपालिका–७, बारीचौरमा गरिएको सामूहिक सयपत्री फूलखेती । यहाँ लालीगुराँस घरबासलाई फूलैफूलको होमस्टे बनाउने उद्देश्यले १५ जना स्थानीय मिलेर तीन वर्षदेखि सयपत्री फूलको खेती गर्दै आएको छ । तस्बिरः नारायण विक/रासस

 

Marrygold_rssphoto-2-1699532519.jpgआफूले उत्पादन गरेका फूलसँग रमाउँदै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा सञ्चालित शुभम् फाउण्डेशनका विद्यार्थी । शिक्षासँगै कृषिमा समेत फरक अभ्यास गरिरहेको शुभम् फाउण्डेशनमा अध्ययनरत विद्यार्थीले यो वर्ष १० रोपनी जग्गामा सयपत्री, गोदावरी र मखमली फूल रोपेका छन् । तस्बिरः केदार मगर/रासस

 

sayapatri_rssphoto23-1699532717.jpgकाठमाडौँको नागार्जुन नगरपालिका –६ स्थित कल्लाबारीमा किसानले व्यावसायिक रुपमा गरेको फूल  खेतीमा ढकमक्क फुलेको सयपत्री फूल । तस्बिर: हरिराम भेटुवाल/रासस

 

sayapatri_rssphoto1-1699532780.jpgकाठमाडौँको नागार्जुन नगरपालिका –६ स्थित कल्लाबारीमा किसानले व्यावसायिक रुपमा गरेको फूल  खेतीमा ढकमक्क फुलेको सयपत्री फूल । तस्बिर: हरिराम भेटुवाल/रासस

 

fulkheti_rss_hoto-1699532851.JPGसुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५, चिसापानीमा अमर सहिद प्रहरी परिवारले लगाएको फूलखेती । तस्बिर : सुरेश आचार्य/रासस

 

marygold_Flower-22-1699451890.jpg

 

245-2457433_flower-field-png-marigold-flor1695441549.png

 

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  १८:१७
प्रतिक्रिया दिनुहोस्