लागुऔषध कारोबारी पक्राउ

गोठाटारमा गोली चल्यो, एक जना घाइते

बुधबार, कात्तिक १५, २०८०

काठमाडौँ- काठमाडौँको गोठाटारमा प्रहरीले गोली चलाएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएर लागु औषध कारोबारीलाई पक्राउ गरेको हो ।

प्रहरीले एक भारतीय र एक नेपालीलाई नियन्त्रणमा लिएको छ । उनीहरूको साथबाट २ सय ग्राम ब्राउन सुगर र एउटा पेस्तोल बरामद भएको बुझिएको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  १४:०२
प्रतिक्रिया दिनुहोस्