Nic Ad Nic Ad
Nic Ad Nic Ad

समानुपातिक सदस्यमा सञ्जिलाकुमारीलाई पठाउने जसपाको निर्णय

सोमबार, कात्तिक १३, २०८०

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेस प्रदेशसभाको रिक्त समानुपातिक सदस्यमा सञ्जिलाकुमारी यादवलाई पठाउने निर्णय गरेको छ ।

आज पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले उक्त निर्णय गरेको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । समानुपातिक सांसद विन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि उक्त स्थानमा यादवलाई चयन गरिएको हो । 

आजको बैठकमा सङ्घीय संसदमा पेस हुन लागेका ऐनबारेमा पनि छलफल भएको थियो । 

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  १८:५३
प्रतिक्रिया दिनुहोस्