Nic Ad Nic Ad
Nic Ad Nic Ad

पोखरामा ‘बी पोजिटिभ’ रगतको ‘प्लेटलेस’ अभाव, उपाय के छ?

सोमबार, कात्तिक १३, २०८०

पोखरापर्यटकीय नगरी पोखरामा बी पोजिटिभ रगतको प्लेटलेस अभाव देखिएको छ।

नियमित रक्तदान कार्यक्रम नहुँदा बी पोजिटिभ समूहको रगतको प्लेटलेस अभाव भएको प्रादेशिक रक्त सञ्चार केन्द्र पोखराका प्रमुख अर्जुन प्रसाद ज्ञवालीले जानकारी दिए।

प्लेटलेस ब्लड ५ दिन भन्दा धेरै समय भण्डारण गरेर राख्न मिल्दैन। ज्ञवालीका अनुसार नियमित रक्तदान मात्र यस अभावपूर्तिको उपाय हो।

रगत अभावलाई कम गर्न अभिभावक गृहका संयोजक देबेन्द्रराज सुवेदी र सह संयोजक सुदिप शर्मा पौडेलको आयोजनामा आकस्मिक  रक्तदान कार्यक्रम गरियो, जहाँ ४० युनिटी संकलन भएको थियो।

अभिभावक गृहले पोखरा५ जिरो किलो मिटरमा सोमबार विहान साढे ८ बजेदेखि ११ बजेसम्म  रक्तदान कार्यक्रम गरेको सुवेदी बताउँछन्।

आकस्मिक समयमा समाजको निम्ति रक्तादान जीवनदान भएकाले बी पोजिटिभ रक्त समूहका रक्तदातालाई सहभागिता जनाउन रक्त सञ्चार केन्द्र पोखराका प्रमुख ज्ञवालीले आग्रह गरेका थिए।

पोखरामा बी पोजिटिभ रगतको प्लेटलेस अभाव छ । त्यसको माग पूरा गर्न बी पोजिटिभ रक्त समूहका रक्तदाताले दान गर्ने रगत नै चाहिन्छ। त्यसैले बी पोजिटिभ रक्त समूहका रक्तदातालाई विशेषगरी कार्यक्रममा सहभागी हुन नसकेकाहरुलाई पनि कास्की जिल्लाको रक्त सन्चारमा गएर भएपनी  रक्तदान गर्न आग्रह गरियो उनले भने ।

पोखरा रगत अभाब भयो भन्ने खबर पाउँने बितिकै प्रहरी उपरीक्षक मोहनकुमार थापाले युवाहरुलाई समाज सक्रिय हुन जरूरी रहेको भन्दै अभियान युवा क्लका अध्यक्ष र अभिभावक गृहका अध्यक्षसँग समन्वय गरी उक्त कार्यक्रम प्रभावकारी बनाउन सहयोग गरेका थिए।

जिल्ला प्रहरी कार्यालय कास्की प्रहरी प्रमुख थापाको प्रमुख आतिथ्यमा भएको रक्तदानमा समाजका समस्या समाजबाट नै समाधानको प्रयत्न गर्नुपर्ने धारणा राखियो।

सडक डिभिजन कास्कीका प्रमुख नवराज बास्तोला, पोखरा महानगरपालिका मेयर धनराज आचार्यका प्रमुख स्वकिय सचिब साथै महानगरपालिका प्रहरीहरूको रक्तदान कार्यक्रममा सहभागीता रहेको थियो।

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  १४:३३
प्रतिक्रिया दिनुहोस्