भूकम्पका कारण धादिङमा २० घर भत्किए, ७५ घर चर्किए

आइतबार, कात्तिक ५, २०८०

धादिङ - धादिङको खरी आसपास केन्द्रबिन्दु बनाएर आज बिहान गएको भूकम्पका कारण  ज्वालमुखी गाउँपालिका-५, कुमालटारीमा २० वटा घर भत्किएका छन् भने ७५ घर चर्किएका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले चर्किएका घरहरुको विस्तृत विवरण सङ्कलन जारी रहेको बताए । धादिङको साविक खरी गाविस केन्द्रविन्दू भई आज बिहान ६ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको थियो ।

भूकम्पबाट भएको क्षतिको विवरण आउनेक्रम जारी रहेको पूर्ववडाध्यक्ष कृष्णप्रसाद काप्रीले बताए । काठमाडौं उपत्यकालगायत धादिङआसपासका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो ।

सो भूकम्प ०७२ सालको ‘गोरखा भूकम्प’को परम्कप भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । 

प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०  १२:४२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार