नेभिगेशन
समाचार

रवि लामिछानेले सुरु गरेको मौन क्रान्तिः मूलधारका राजनीतिक दललाई कति भारी?

काठमाडौंउपनिर्वाचनका बेला चितवन सहित तनहुँ मा राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा_को सक्रियताले एउटा निचोड दिएको थियोपरिवर्तनका लागि ब्यालेड एउटा क्रान्ति हुन सक्छ।

कांग्रेस राजनीतिमा कुनै पनि विकल्प नदेखेपछि तनहुँ१बाट डा. स्वर्णिम वाग्लेको बिजयी यात्रा हुँदै रास्वपाको राजनीतिक मूलधारमा थप एक सिट बढ्यो।

बीचमा देशका विभिन्न ठाउँमा जनमत बुझ्ने कामले रास्वपा अझ निखारियो। यसका सभापति रवि लामिछाने संविधान दिवसका दिन क्रान्तिको विगुल फुकेको डोल्पाको लिवाङमा थिए। अहिले नीति मन्थनमा व्यस्थ रहेको रास्वपा सभापति लेख्छन्,‘चुनावपछि नीति, कार्यक्रम बनाउने गरी होइन, हामी हाम्रा नीति कार्यक्रम चुनाव अघि नै तर्जुमा गर्दै छौँ। ०८४ पछी नीति बनाउने होइन, नीतिअनुसार काम गर्ने हो।

नीति मन्थन यसमा नै केन्द्रित रहेको छ । सभापति जोड्छन्असोज मा पहिलो चरणको जनआवाज सुन्ने कार्यक्रम अन्तर्गत रोल्पा पुगेँ, पार्टीका अरू साथीहरू अन्य गाउँहरू पुगे। गाउँबाट जनताको कुरा सुनेपछी, अब काठमाडौँमा विज्ञको कुरा सुन्दैछौँ।

जसअनुसार रास्वपा अहिले विभिन्न क्षेत्रका विज्ञको विचार सुन्ने, राय संकलन गर्ने आगामी दिनका निम्ति सैद्धान्तिक मार्गचित्र कोर्ने लक्ष्यमा देखिन्छ। 

भिँडबाट पार्टीको आकार त्यसका सिद्धान्तका निम्ति नीति मन्थनको लयमा रास्वपा लागि पर्नु मूलधारका नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतका दलका लागि चुनौति हुन सक्नेछ।

यसले पार्टीको सैद्धान्तिक चित्ररेखा कोर्ने गति समात्नेछ, योसँगै मूलधारका राजनीतिक दललाई मौन क्रान्तिमार्फत नयाँ शक्तिको उदय सम्भव भन्ने उदाहरण पेश गर्नेछ।

भनिन्छ नि, यस संसारलाई हाम्रा जन्मजात पुस्ताका लागि बस्नको लागि राम्रो ठाउँ बनाउने सपना त्यो सपना मौन क्रान्तिसकारात्मक कार्य सकारात्मक विचारको क्रान्तिमार्फत साकार हुनेछ। त्यो क्रान्तिको एक हिस्सा बन्नका लागि नै नीति मन्थनले एउटा निचोड निकाल्नेछ।

चरणबद्ध रुपमा विविध विषयमा नीति मन्थको क्रम जारी छन्।खुला अनि हरेक विज्ञको बुझाई विचारका आधारमा नै हामी अगाडि बढ्ने हो। हामी अवस्था बदल्न आएका हौं, हामी यहि व्यवस्थालाई सुदृढ बनाउनेछौं, रास्वपाका एक केन्द्रीय सदस्य भन्छन्।

त्यसो संघीय संरचनामा प्रदेशको आवश्यकता औचित्य के भन्ने विषयमा पनि रास्वपाले धारणा बनाउने छ। नीति मन्थनको उद्घाटनका क्रममा सभापति लामिछानेले भने,‘प्रदेश संरचनामाथि प्रश्न उठेका छन्। यसको समाधान के हुन सक्छन्? कसरी अगाडि बढ्न सकिन्छ भन्नेमा हामी मन्थन गर्नेर्छौं।

रास्वपाको तिव्र गतिले भने सबैभन्दा बढी माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड तर्सिएका छन्। उनले समाजवादी मोर्चाको एउटा कार्यक्रममा प्रतिक्रान्ति मौलाउने मौका पाएको टिप्पणी गरे। यति मात्र होइन, विदेशबाट यसलाई मत देऊ भन्ने टेलिफोनका कारण पनि परिवर्तनकामी शक्तिमाथि अर्को शक्ति हावी भएको प्रचण्डको टिप्पणी थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार