प्रचण्ड, देउवा र कोइरालाले गरे गठबन्धन कायम राख्ने लिखित सहमति

शनिबार, असोज २७, २०८०

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच हालको गठबन्धन कायम राख्ने लिखित सहमति भएको छ।

शनिबार बिहान बसेको ३ नेताको बैठकले गठबन्धनमा रहने प्रतिबद्धतासहित लिखित सहमति गरेका हुन्।

‘हामी वर्तमान सत्ता गठबन्धनप्रति दृढ र स्पष्ट छौं र यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन दिनेछैनौं’, उक्त सहमतिमा लेखिएकाे छ । साेहि सहमतिमा प्रचण्ड, देउवा र कोइरालाले हस्ताक्षर गरेका हुन्।

कोशी प्रदेशमा कांग्रेसका कोइराला पक्षका केदार कार्कीसहित ८ जना सांसदहरुले विद्रोह गरेर एमालेसँग मिली कार्की मुख्यमन्त्ती बनेसँगै प्रधानमन्त्री प्रचण्ड सशंकित बनेका छन् ।

आजै बिहान ४७ जना प्रदेशसभा सांसदको सशरीर हस्ताक्षरपछि कोशीको मुख्यमन्त्रीमा कांग्रेसका केदार कार्की नियुक्त भएका छन्। कोशीको असर केन्द्रमा पर्न नदिन प्रचण्ड, देउवा र शेखरबीच यस्तो सहमति भएकाे हाे।

 

प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  ११:३०
प्रतिक्रिया दिनुहोस्