राजनीति

एमालेले गरेको राम्रा कामका कारण अरु दलहरु अतालिए : अध्यक्ष ओली

बुधबार, असोज २४, २०८०

जनकपुरधाम– नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेले गरेको राम्रा कामका कारण अरु दलहरु अतालिएको बताएका छन् ।

बुधबार जनकपुरमा एमाले मधेश प्रदेशको प्रथम अधिवेशन उद्घाटन गर्दै ओलीले एमालेका कामबाट आफ्नो भविष्य अन्धकार देख्नेहरु अतालिएको बताएका हुन् ।

यसअघिको एमाले सरकारले मुलुकको बिकास र जनताका लागि असाधारण काम गरेको उनले बताए । उनले हुलाकी राजमार्गको काम गरेको र हजारौं पुल निर्माण गरेको दावी गरे । तराईमा सिचाइको पहुँच पुराउन सुनकोशी मरिन डाइभर्सन ल्याएर बारा, रौटहट, धनुषा लगाएतका १ लाख ८५ हजार बिगाहा जमिनमा सिचाइको व्यवस्था गरेको र एमाले सरकारमा गएपछि तराईको सिचाइको समस्या सदाका लागि अन्त्य गर्ने दावी गरे । एमाले सरकारले नै रेल किनेर सञ्चालनमा ल्याएको उनले बताए ।

अध्यक्ष ओलीले २०८४ मा एमालेको एकल बहुमत एकमात्र अभियान रहेको बताए । उनले सहमतीमा अधिवेशन सम्पन्न गरि एकताको उदाहरण प्रस्तुत गर्न र २०८४ मिशन सफल गर्ने योग्य नेतृत्व छान्न निर्देशन दिए ।

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १८:५१
प्रतिक्रिया दिनुहोस्