इजरायलमा ज्यान गुमाएका नेपालीको सम्झनामा दीप प्रज्ज्वलन [तस्बिरहरु]

मृतक विद्यार्थीहरुप्रति  श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारजनप्रति समवेदना प्रकट
सोमबार, असोज २२, २०८०

काठमाडौँ– गत शनिबार इजरायलमा भएको आतङ्कवादी हमलामा मारिएका १० जना नेपाली विद्यार्थीको सम्झनामा सुनसरी, काठमाडाैँलगायत देशभर दीप प्रज्वलन गरिएको छ । 

आज साँझ उनीहरुको सम्झनामा दीप प्रज्वलन गरेको हो ।

दीप प्रज्वलनमा उपस्थितहरुले मृतक विद्यार्थीहरुप्रति  श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । उनीहरुले इजरायलमा रहेका नेपाली नागरिकलाई तत्काल उद्धार गरी नेपाल फर्काउन सरकारसँग माग गरेका छन् ।

Students-light-candles-in-nepal_israiel-war2-ap-1696864487.jpgइजरायलमा भएको लडाइमा ज्यान गुमाएका नेपाली नागरिकहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै विद्यार्थीहरूले पाटन दरबार स्क्वायर, ललितपुरमा सोमबार दीप प्रज्वलन गर्दै । हिंसामा अन्य अज्ञात संख्यामा घाइते भएका छन् । तस्बिर : निरञ्जन श्रेष्ठ/एपी–रासस

Students-light-candles-in-nepal_israiel-war1-1696864487.jpg तस्बिर : निरञ्जन श्रेष्ठ/एपी–रासस

Students-light-candles-in-nepal_israiel-war3-ap-1696864487.jpg तस्बिर : निरञ्जन श्रेष्ठ/एपी–रासस

israil_nepali-condolenece2-1696859096.jpgइजरायलमा हमास समुहले शनिबार गरेको आक्रमणमा परि दिवंगत भएका नेपाली विद्यार्थीहरुप्रति श्रद्धाञ्जली सहित उनीहरुको सम्झनामा सोमबार सुनसरीको इनरुवास्थित मुख्यचोकमा दीप प्रज्ज्वलन गरिँदै । तस्बिरहरु : नवीन गड्तौला/रासस

israil_nepali-condolenece1-1696859096.jpgतस्बिरहरु : नवीन गड्तौला/रासस

israil_nepali-condolenece3-1696859096.jpgतस्बिरहरु : नवीन गड्तौला/रासस

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  १९:३१
प्रतिक्रिया दिनुहोस्