प्रदेशलाई खारेज गरेर स्थानीय तहलाई स्वायत बनाउनुपर्छ : अध्यक्ष केसी

आइतबार, असोज २१, २०८०

काठमाडौँ– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रदेशलाई खारेज गरेर स्थानीय तहलाई स्वायत बनाउनुपर्ने बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै केसीले संघीयताका नाममा देशमा समस्या उत्पन्न भइरहेको भन्दै प्रदेशलाई खारेज गरेर स्थानीय तहलाई स्वायत बनाउनुपर्ने बताएका हुन् ।

उनले मुलुकले संघीयता धान्न नसक्ने भन्दै प्रजातान्त्रीक बिकेन्द्रीकरण गर्न सुझाव दिए । नेपाल एकात्मक प्रणालीको विकल्प संघात्मक प्रणाली हुन नसक्ने महसुस जनताले गरेको उनको भनाइ छ ।

केसीले बिकासीत देशहरु पनि एकतात्मक प्रणालीमा नै रहेको अवस्थामा संघीयतामाथि विचार गर्न सुझाव दिए ।

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १९:०६
प्रतिक्रिया दिनुहोस्