रवि बझाङ पुग्दा प्रधानमन्त्रीदेखि कार्यकर्तासम्ममा छटपटी

बिहीबार, असोज १८, २०८०

काठमाडौं- रवि लामिछाने भुकम्प  पिडीत जनता को घर घर पुगेपछि शीर्ष नेताहरु मुख लुकाउन थाले । हो बझाङ्, बाजुरा, डोटी, अछाम, बैतडी, दार्चुलामा भुकम्पले सयौं घरहरुमा क्षती पुगेपछि रवि लामिछाने रातारात बझाङ्ग जिल्ला पुगेर पिडितको घर घर पुगे तर न सरकार न अन्य ठुला दल का नेताहरु अहिले सम्म पुगेका छन् । बरु रवि लामिछाने आफ्नो भोट को कोर क्षेत्रमा रवि लामिछाने पुगेर राहत दिन थालेपछि शीर्ष नेताहरु मुख लुकाउन थालेका छन् । 

अनि उही शीर्ष नेताहरु को आसेपासे हरु भने रवि लामिछाने को विरोध गर्दैछन । रविले नाटक गर्यो रे, आफ्नो पार्टी को प्रचार गर्न यस्तो बेला नाटक गर्दै पिडित को घर गयो रे, टिभि मा गरेको स्टण्ट अहिले फेरी गर्न थाल्यो रे । कत्ति हास्नु । कांग्रेस, एमाले, राप्रपा र माओवादी का नेताहरु आत्तिएको देख्दा हाँस उठ्यो ।

आजकल यी शीर्ष नेताहरु संग रिस उठ्न पनि छोड्यो त्यसैले उनीहरु ले मुख लुकाउन टालो खोजेको देखेर हाँस उठेको हो । हो रविले नाटकै गरे, नौटंकी नै हो । पिडित जनताले समयमै मलम लाउन पहिलोपल्ट कोहि त आयो, एक दिनमै राहत पाउने भए पिडीतहरुले । त्यो नाटक कांग्रेस एमाले माओवादी का नेताहरु ले किन गरेनन् भनेर सोध्न छोडेर आसेपासेहरु उल्टै रविको विरोध गर्दै रविकै प्रचार गरिरहेका छन् । आउनुहोस रविले हिजो र आज बझाङ्गमा के–के गरे भनेर चर्चा गरौँ अनि कसकसलाई अहिले मुख लुकाउन गाह्रो भयो भनेर हेरौं पनि ।

मंगलबार ३ बजेर ६ मिनेटमा ६ दशमलव ३ रेक्टरको भूकम्प जाँदा सुदूरपश्चिम प्रदेशका सात जिल्लामा प्रभाव परेको छ । बझाङ, बाजुरा, डोटी, अछाम, बैतडी, डडेलधुरा र दार्चुलामा गरी करिब पाँच सय घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । भूकम्पले सबैभन्दा धेरै क्षति बझाङमा पुर्‍याएको छ ।

यहाँ १ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । अझै थप विवरण हरु आइरहेका छन् । भुकम्पले जनजीवनलाई प्रभाव पारेको ठाउँहरुमा अझैपनि सरकारी तहबाट राहतको आश गरिरहेका छन् भने सरकारले बल्ल आज राहत समय मा पुर्याउनु भनेर निर्देशन दिएको छ । प्रधानमन्त्रीले राहत दिलाउन निर्देशन दिनु भएको छ । निर्देशन त दिनुभयो तर समयमा पुग्छ भन्ने आश कसलाई पो होला र ! भुकम्पका कारण घर गुमाएका देखि खान बस्न नै गाह्रो समेत भएको दर्दनाक दृश्य हामीले देख्यौँ पनि ।

यी ठाउँहरुमा सकेको सहयोग गर्न भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती तथा सांसद रवि लामिछाने आफ्नो केहि सहकर्मी हरुसंग पुगेका छन् । मंगलबार भुकम्प गएको थियो भने वुधबार दिनभरी जसो नै रवि लामिछाने आफुले भ्याएसम्म पिडीतहरुको घर–घर पुगेर उनीहरुलाई आफ्नो तर्फबाट सक्ने सहयोग र प्रशासनबाटै सहयोग चाहिनेहरुलाई आफैले फोन गरेर पहलसमेत गरेका छन् ।

रवि लामिछाने.आजपनि भुकम्पले ध्वस्त पारेका जिल्ला तिरै छन् र अहिले पनि त्यहा को सरकारी निकायहरुसँग छलफल गर्दै राहत वितरण गराउन झक्झकाई रहेका छन् । रवि लामिछाने हिजो बझाङ्ग जिल्ला पुगेर भनेका छन्, “ भुकम्पले निकै क्षति पुगेको बझाङ जिल्ला पुगेका छौँ। आज राति नै चैनपुर पुग्ने छौँ । राहत उद्दारमा सरकारलाई झक्झक्याउने छौँ , सकेको पहल गर्नेछौँ । रास्वपा बझाङका साथीहरू हिजैदेखि सहयोगमा जुट्नु भएको छ । “रवि लामिछानेले आफ्नो पार्टीका युवा नेताहरुलाई पनि आफ्नो जिल्ला मा भुकम्प पिडितहरुको घर–घर पुगेर सहयोग गर्न अपिल गरेका छन् । बझांग जिल्लाका युवा नेताहरुलाई उनले अपिलसमेत गरेका छन् । र, पार्टीका युवा नेताहरु अहिले खटिएका छन् ।

रवि लामिछानेले आज बिहान बझाङ्ग जिल्लाको प्रशासन र सुरक्षा निकायसँग बसेर छलफल गरेका छन् । कसरी सहयोग गर्ने? सरकारबाट के–के मगाउन सकिन्छ ? र, आफुहरुले लिएर गएको टेण्टदेखि अन्य राहतका सामाग्रीसमेत प्रशासनलाई बुझाएर आजबाटै बाँड्न अनुरोध गरेका छन् । आजबाट राहत वितरण हुने कुरासमेत रवि लामिछानेले भनेका छन् । रवि लामिछानेले लेखेका छन् “भुकम्पको क्षति र हामीले गर्नु पर्ने कर्तव्यबारे प्रशासन र सुरक्षा निकायसँग छलफल भयो । हामीले ल्याएका टेन्ट लगायतका सामग्री प्रजिअ ज्युलाई बुझायौँ। भूकम्प प्रभावित बझाङका कैयौँ परिवार अस्थायी आवासमा छन् । तिनको उचित व्यवस्थापनमा स्थानीय सरकार र प्रशासनले सक्दो प्रयास गरेका छन् । तर, त्यो मात्र प्रयाप्त नहुन सक्छ । त्यसैले, सहृदयी महानुभावहरुले जिल्ला प्रशासन कार्यालय, बझाङसँग समन्वय गरेर मात्रै सहयोग गर्न हुन आव्हान गर्दछु । आज दिनभर प्रभावित ठाउहरुमा पुग्नेछु । यस्तो दु:खमा पनि हाँसेर स्वागत गर्नु हुने बझाङवासीहरु भगवान जस्ता रहेछन् । तपाईको दु:ख केन्द्रसम्म लैजाने इमान्दार कोशिस गरिरहनेछु ।“

सुदुरपश्चिमका जिल्लाहरुमा कांग्रेस एमाले र माओवादीको दबदबा रहेको छ । अझै माओवादी केन्द्रको त भोट बैंक नै हुन् यी जिल्लाहरु । नेपाली कांग्रेसका सभापती शेर बहादुर देउवा को जिल्ला नै हो डडेलधुरा त । यिनीहरु नै सरकारमा छन् तर न बाहिर निस्किएका छन्, न राहत लाई कुनै एक्सन नै लिएका छन् । शीर्ष नेताहरु बुढा भए बिचराहरुलाई कुर्सि नै चाहिन्छ नत्र लड्लान । त्यसैले कुर्सि वरिपरि बस्नु पर्यो सुदुर पश्चिम जान सकेनन् रे तर आफ्नो युवा नेताहरु लाई प्रतिनिधि बनाएर पठाउन त सकिन्थ्यो होला नि । ल प्रचार गर्नु भएन रे रवि जस्तो स्टण्ट गर्नु छैन रे तर पिडितहरुको घरतिर कोहि पुगेका छैनन् त ! एमाले देश दौडाहामा हिडिरहेको हुन्छ मिसन ग्रासरुट भन्दै , खै त एमालेका युवा नेताहरु मिसन ग्रासरुटमा झैं यो पल्ट मिसन भिकम्प पिडित जनता भन्दै घर–घर गएको भए रवि लामिछानेले स्टण्ट गर्ने पर्दैन थियो ।

हाम्रो राष्ट्रिय भाउजु भनेर चिनिने माननीय डाक्टर आरजु देउवा आफ्नो श्रीमान लाई जिताउन डडेलधुरा पुगेर हामीले जित्यौँ भने विदेश पठाईदिन्छु भन्दै भाषण गर्ने अहिले आफ्नै श्रीमानले जितेको क्षेत्रमा जनता पिडित छैन, फ्री भिसा र टिकटभन्दा सस्तो पर्ने टेण्ट र राहत लिएर पुग्नु भएको भए रवि लामिछानेले नाटक गर्ने पर्दैन थियो । 

माओवादी केन्द्रको त के कुरा गर्नु र । सुदुरपश्चिम क्षेत्रमा कांग्रेस र एमाले पार्टीले समेत कब्जा गर्न हम्मे–हम्मे परेको बेलामा माओवादी केन्द्रको पन्जाबाट अब रवि लामिछानेको पार्टीले आफ्नो भोट बैंक बनायो भने छक्क नपर्नु होला । एकहप्ता अगाडी पनि रवि लामिछाने सुदुरपश्चिमको जिल्लाहरु जाँदा रविको क्रेज यस्तो देखियो कि त्यो बेला पनि माओवादी केन्द्रका नेताहरु आत्तिएका थिए । माओवादी केन्द्रका नेताहरुसंगै शीर्ष नेताहरु को पुत्र–पुत्रीहरु बाउको पदको दुरुप्रयोग गर्नुभन्दा अलिकति दुख गरेर जनताको पिडामा सहयोग गरेको भए, स्टण्ट नै सहि गरेको भए माओवादी केन्द्रको भोट बैंक बच्थ्यो । तर अफसोच रवि लामिछानेलाई स्टण्ट गर्न शीर्ष नेताहरुले नै मौका दिए । अब जनताले भन्ने छन्, रवि लामिछाने यस्तो नाटक गरिरहनु, यस्तो नौटंकी गरिरहनु, हामीलाई यस्तै नेता चाहिएको हो ।“
 

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १५:१५
प्रतिक्रिया दिनुहोस्