Nic Ad Nic Ad
Nic Ad Nic Ad
बझाङ भुकम्प

रवि लामिछाने भूकम्प प्रभावित क्षेत्र बझाङमा

बुधबार, असोज १७, २०८०

काठमाडाैँ -  रास्वापाका अध्यक्ष रवि लामिछाने बुधबार भुकम्पले क्षति पुगेको बझाङ जिल्ला पुगेका छन् ।  उनी आज राति नै भकम्प गएको केन्द्रबिन्दु चैनपुर पुग्नेछन्  ।  

उनले सामाजिक सञ्जालमा यस्तो लेखेका छन्, ‘भुकम्पले निकै क्षति पुगेको बझाङ जिल्ला पुगेका छौं। आज राति नै चैनपुर पुग्ने छौं । राहत उद्दारमा सरकारलाई झक्झक्याउने छौं , सकेको पहल गर्नेछौं । रास्वपा बझाङका साथीहरू हिजै देखि सहयोगमा जुट्नु भएको छ ।’

खानी तथा भूगर्भ विभागले मंगलबार बझाङको चैनपुर केन्द्रबिन्दु भएर ६.३ म्याग्निट्यूडको भूकम्प गएको जनाएको छ। अपराह्न ३ बजेर ६ मिनेट जाँदा गएको भूकम्पको धक्का बझाङ आसपासका जिल्लाहरू सहित भारतीय राजधानी नयाँ दिल्लीसम्म महसुस भएको थियो ।

त्यसअघि मङ्गलबार दिउँसो २ : ४० बजे बझाङको तालकोट केन्द्रबिन्दु भएर ५.३ म्याग्निट्यूडको भूकम्प गएको विभागले जनाएको छ । उक्त क्षेत्रमा भूकम्पपछि निरन्तर पराकम्प गइरहेको छ ।

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १८:१०
प्रतिक्रिया दिनुहोस्