नेभिगेशन
अर्थ विविध

तीन सयले बढ्यो सुनको मूल्य, आज तोलामा कति ?

काठमाडौँ - नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ बढेको छ ।

महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख छ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख छ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख छ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख छ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्यमा तोलामा ३० रुपैयाँले घटेर चाँदी प्रतितोला १३ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध