मुख्य पार्टीहरुको विदेशसम्बन्ध सत्ता केन्द्रीतमात्रै छ : अध्यक्ष लिङ्देन

मंगलबार, असोज १६, २०८०

काठमाडौँ– राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले मुख्य पार्टीहरुको विदेशसम्बन्ध सत्ता केन्द्रीत रहेको आरोप लगाएका छन् । 

राप्रपा अन्तराष्ट्रिय सम्बन्ध विभागले मंगलबार काठमाडौंमा आयोजना गरेको नेपालको परराष्ट्र नीति: विगत, वर्तमान र भविष्य बिषयक विचार गोष्ठिमा लिङ्दनले सत्ताका लागि जे पनि सम्झौता गर्ने र विदेशीहरुको साथ समर्थन नभए सत्तामा पुग्न नसक्ने भन्दै मुख्य पार्टीहरुको विदेशसम्बन्ध राख्ने गरेको बताए । उनले नेपालको भूराजनीतिक अवस्था अहिले सामान्य अवस्थामा नरहेको उल्लेख गरे ।

उनले सत्तापक्षीय कमजोरीका कारण प्रतिष्पर्धाको शिकार नेपाल बन्न सक्ने खतरा रहेको औल्याए । नेपालले विश्वसमूदायसंगको सम्बन्धमा बारेमा ठोस अवधारणा बनाउन जरुरी रहेको उनको भनाइ छ । लिङ्देनले पार्टीको नभई देशको परराष्ट्र निति हुनुपर्ने बताए ।  

उनले एकदेशसंगको सम्बन्धले अर्को देशलाई असर नपर्ने ढंगले अघि बढ्नुपर्ने बताए । 

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १८:०७
प्रतिक्रिया दिनुहोस्