नेभिगेशन
समाचार

रिगललाई आम माफी दिने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौँ- श्रीमान् चेतन मानन्धरका हत्यारा रिगल भनिने योग ढकाललाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरुद्ध भारती मानन्धरले सर्वोच्च अदालतमा रिट दायर गरेकी छिन् ।

भारतीले दायर गरेको रिट केही दिनअघि दर्ता भएपनि प्रारम्भिक सुनुवाइ हुन बाँकी छ । सर्वस्वसहित जन्मकैद पाएका तरुण दलका नेता रिगललाई संविधान दिवसका अवसरमा असोज ३ गते आममाफी दिइएपछि उनी रिहा भएका थिए ।

आफ्ना श्रीमान्‌का हत्यारालाई आम माफी दिइएको भन्दै न्यायका लागि भारती काठमाडौँ आइपुगेकी छिन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार