नेभिगेशन
समाज विविध

धारिलो हतियार प्रहार गरी न्यूरोडमा एक किशोरको हत्या

काठमाडौं - काठमाडौँको न्यूरोड मखन गल्ली स्थित सानो पशुपतिमा एक किशाेरकाे हत्या भएकाे छ।

इन्द्रजात्रा हेर्न गएका ओखलढुंगा लिखु गाउँपालिका–४ घर भएका सनी कार्कीको हत्या भएको हो।

गएराति जात्रामा झगडा हुँदा क्षेत्रपाटी बस्दै आएका १७ वर्षीय कार्कीमाथि धारिलो हतियार प्रहार भएको थियो।

धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका कार्कीको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौले जनाएकाे छ। शुरुमा ट्रमा सेन्टरमा भर्ना गरिएको र त्यहाँबाट उनलाई शिक्षण अस्पतालमा रिफर गरिएको थियो ।

हत्यामा संलग्न आरोपमा दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी कुमोध ढुंगेलले जानकारी दिए।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

भारतीय दूतावास अगाडि प्रदर्शन

देशका अधिकांश भागको मौसम सफा रहने