नेभिगेशन
समाज विविध

विदेशबाट आउदा अन्य व्याक्तीका सामान नल्याउन विमानस्थलको आग्रह

काठमाडौं  - त्रिभुवन विमानस्थल भन्सार कार्यालयले नजिकिदै गरेको चाडपर्वमा विदेशबाट फकिर्ने नेपालीहरुले आफ्नो व्यक्तिगत प्रयोगका सामान बाहेक अन्य सामान नल्याउन सुचित गराएको छ ।

विभिन्न मुलुकबाट स्वदेश फर्किने क्रममा नेपाली नागरिकहरुलाई विदेशका विमानस्थलमा केहि व्यक्ति तथा समुहले विभिन्न प्रलोभन देखाई मालसामान ( जस्तै; ल्यापटप, मोबाइल, सुन, घडी आदि )नेपालको विमानस्थलसम्म पु¥याइदिनु भन्‍ने गरेको सूचना प्राप्त भए सगैं त्रिभुवन विमानस्थल भन्सार कार्यालयले उक्त प्रलोभनमा परि परिचित तथा अपरिचित व्याक्तीको मालसामान नल्याउन आग्रह गरेको हो।

स्वदेश फर्किने क्रममा आफ्नो व्यक्तिगत प्रयोगका सामान ( कानुन बमोजिम छुट पाउने) बाहेक अन्य व्यक्तिको सामान र नेपालको कानुनले प्रतिबन्ध गरेका मालसामान नल्याउन कार्यालयले अनुरोध गरेको हो ।

साथै विदेशबाट फर्किदा यात्रुले ल्याउन पाउने सामान तथा सुविधाका बारेमा नेपाल सरकार अर्थमन्त्रालयले जारी गरेको सूचना भन्सार विभागको वेवसाइट तथा त्रिभुवन विमानस्थल भन्सार कार्यालयको फेसबुक एकाउण्टमा गई पढ्न र जानकारी लिन सक्ने कुरा सबैमा सूचित गराएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

भारतीय दूतावास अगाडि प्रदर्शन

देशका अधिकांश भागको मौसम सफा रहने