नेभिगेशन
समाज विविध

वाणिज्य सचिव मरासिनी र नेपाल टेलिकमका प्रबन्ध निर्देशक पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- वाणिज्य सचिव मधु मरासिनी र नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पाैडेलसहित नाैजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सचिव मरासिनीसहित राष्ट्रिय सूचना प्रविधि केन्द्रका अध्यक्ष र कार्यकारी निर्देशकविरुद्ध नेशनल पेमेन्ट गेटवे प्रकरणमा सोमबार विशेष अदालतमा अभियोगपत्र दायर गरेको छ ।

६ वर्षअघि खरिद गरेको नेशनल पेमेन्ट गेटवे अहिलेसम्म प्रयोगमा नल्याएको, आवश्यक पूर्वधार नै तयार नगरी अस्वाभाविक लागत तयार गरी स्वीकृत गराएर राज्यलाई २५ करोड नोक्सानी पुर्‍याएको आरोप लागेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

भारतीय दूतावास अगाडि प्रदर्शन

देशका अधिकांश भागको मौसम सफा रहने