नेभिगेशन
समाचार

प्रचण्डले माओबादी केन्द्रको पदाधिकारी बैठक बोलाए , के - के छन् एजेण्डा ?

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी बैठक बोलाएका छन्।

भोलि बिहान ८ बजे बालुवाटारमा बस्नेगरी प्रधानमन्त्री समेत रहेका प्रचण्डले पार्टी पदाधिकारी बैठक बोलाएको हुन्।

बैठकमा प्रधानमन्त्रीले चीन भ्रमणबारे ब्रिफिङ गराउने माओवादीकाे केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए।

उनका अनुसार बैठकमा पार्टीको तीन महिने अभियानको समिक्षा लगायत समसामियक बिषयमा पनि छलफल हुनेछ।

प्रधानमन्त्री प्रचण्ड अमेरिका र चीन भ्रमणपछि दुई सातापछि शनिबार फर्किएका हुन्। बैठकमा यस बीचमा भएका गतिविधिबारे पनि समिक्षा हुने जनाइएको छ।

यस्तै, बैठकमा डा. बाबुराम भट्टराई नेतृत्वको नेसपासँगको पार्टी एकताको बिषयमा पनि छलफल हुने बताइएको छ। यसअघि माओवादीले बाबुरामलाई बाइपास गरेर अर्का अध्यक्ष महिन्द्रराय यादवलाई एकताको प्रस्तावको पत्र पठाएको थियो। माओवादीको त्यो प्रस्तावले भट्टराई असन्तुष्ट रहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार