नेभिगेशन
समाज विविध

डेङ्गुबाट दाङमा एक जनाको मृत्यु

 घोराही (दाङ) - दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा एक पुरुषको डेङ्गु सङ्क्रमणबाट मृत्यु भएको छ ।

मृत्यु हुनेमा रोल्पा माडी गाउँपालिका–२ घर्तीगाउँ का ५१ वर्षीय यज्ञबहादुर डाँगीको मृत्यु भएको प्रतिष्ठानका सूचना अधिकारी निशान भट्टराईले जानकारी दिएका हुन्।

डाँगीलाई केही समयअघिदेखि स्वास्थ्यमा समस्या देखिए पनि प्रतिष्ठानमा भने आइतबार साँझ उपचारका लागि ल्याइएको थियो ।

उनको उपचारकै क्रममा सोमबार बिहान मृत्यु भएको सूचना अधिकारी भट्टराईले भनाइ छ । डाँगी श्री कृष्ण माध्यमिक विद्यालय घर्तीगाउँमा अध्यापन गराउँदै आएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

भारतीय दूतावास अगाडि प्रदर्शन

देशका अधिकांश भागको मौसम सफा रहने