नेभिगेशन
समाचार

एमसीसी प्रमुख अलब्राइटले आज प्रधानमन्त्री प्रचण्डलाई भेट्दै

काठमाडौं - नेपाल भ्रमणमा रहेकी अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत एलिस पी अल्ब्राइटले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्ने भएकी छन्।

आइतबार साँझ काठमाडौं आइपुगेको अलब्राइटसहितकाे प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री प्रचण्ड’सँग भेटवार्ता गर्न लागेको हो ।

एमसीसी कार्यान्वयनको औपचारिक सुरुवात भएको ठीक एक महिनापछि सो टोली काठमाडौं आएको हो ।

नेपालमा रहँदा अलब्राइटले एमसीसीमा भएका प्रगति र समस्याहरूको बारेमा बुझ्ने तथा एमसीसी परियोजनाको केही क्षेत्रको अवलोकन पनि गर्ने कार्यक्रम तय भएको छ। गत भदौ १३ गते एमसीसी कार्यान्वयनको औपचारिक सुरुवात भएको थियो।

अल्ब्राइटको अहिलेको नेपाल भ्रमणलाई निकै चासोका साथ हेरिएको छ।


   

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार