नेभिगेशन
समाज विविध

मणिपुरमा २ विद्यार्थीको हत्या प्रकरणमा संलग्न ६ जना पक्राउ

मणिपुर - भारतकाे केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) ले आइतवार मणिपुरमा दुई मेइती विद्यार्थीको अपहरण र हत्या प्रकरणमा संलग्न रहेको आरोपमा कुल ६ जनालाई पक्राउ गरेको छ।

यसमध्ये दुई नाबालिगलाई हिरासतमा राखिएको छ । उनीहरुलाई पहाडी जिल्ला चुराचन्दपुरबाट पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा दुई युवती, दुई महिला र दुई पुरुष रहेका छन् । अनुसन्धान एजेन्सीले चार जना अभियुक्तलाई असमको गुवाहाटी सहर लगेको छ।

प्रहरी र सेनाले संयुक्त अपरेशन गरी राजधानी इम्फालबाट करिब ६० किलोमिटर टाढा रहेको पहाडी जिल्ला चुराचन्दपुरबाट यी अभियुक्तहरूलाई पक्राउ गरी सीबीआईलाई बुझाएका थिए । मणिपुरका मुख्यमन्त्री एन बिरेन सिंहले गिरफ्तारीको पुष्टि गरेका छन् ।

१७ वर्षीय हिजाम र २० वर्षीय हेमनजीत जुलाई  ६ देखि बेपत्ता थिए । सेप्टेम्बर २३ मा राज्यमा मोबाइल इन्टरनेट सेवामाथिको प्रतिबन्ध फुकुवा भएपछि यी दुई विद्यार्थीको शवको तस्बिर सामाजिक सञ्जालमा भाइरल भयो ।

मेइती समुदायका यी दुई विद्यार्थीको मृत्युको खबर आएपछि उपत्यकामा जनताले विरोध प्रदर्शन गरिरहेका छन् । यद्यपि दुई विद्यार्थीको शव अझै फेला परेको छैन। अन्वेषकहरूले नाबालिगको हत्या गर्नु अघि बलात्कारको आरोपहरू पनि हेरिरहेका छन्।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

भारतीय दूतावास अगाडि प्रदर्शन

देशका अधिकांश भागको मौसम सफा रहने