नेभिगेशन
समाचार

एमाले कोशी प्रदेश अधिवेशन : मतगणना आज

काठमाडौँ - नेकपा एमाले कोशी प्रदेशको भावी नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ ।

गए राति रातभर भएको मतदानमा ९९७ प्रतिनिधि मध्ये ९७७ जनाले मतदान गरेका छन । राति १० बजेबाट सुरु भएको मतदान अहिले बिहान ५ बजे सकिएको हो ।

सो मतदान प्रक्रियामा २० जना अनुपस्थित भएको निर्वाचन समितिले जनाएको छ । र, मतदान सम्पन्न भए पछि केही बेर पछि मत गणना सुरु गर्ने तयारीमा निर्वाचन समिति रहेको छ ।

प्रथम कोशी अधिवेशनबाट भावी अध्यक्षका घनश्याम खतिवडा र विनोद ढकाल प्रतिस्पर्धामा उत्रिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार