नेभिगेशन
समाचार

भूराजनीतिले देशको अवस्था पेचिलो बन्दैछ : माओवादी केन्द्र

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) ले भूराजनीतिक अवस्थाले गर्दा देशको अवस्था पेचिलो बन्दै गएको बताएको छ। आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनमा पार्टीका उपाध्यक्ष एवं पूर्व सभामुख अग्निप्रसाद सापकोटाले भूराजनीतिक अवस्थाले देश पेचिलो र जटिल अवस्थामा रहेको बताएका हुन्।

उनले सबै मिलेर मेहनत गर्ने हो भने देखिएको समस्या समाधान हुने बताए। उनले अहिले चुनौती भन्दा पनि बढी सम्भावना रहेको उल्लेख गर्दै चुनौतीमै सम्भावनाका ढोका खुल्ने जिकिर गरे। पार्टीले पछिल्लो समय देशमा आँधीबेहरी सिर्जना गरेको उल्लेख गर्दै माओवादीको सुदृढीकरण अभियान पनि सफल हुँदै गएको उनको दाबी थियो।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार