आयल निगम घाटामा भए कर्मचारीलाई बोनस बाँड्ने रकम कहाँबाट आयो ? : रवि लामिछाने

आइतबार, असोज १४, २०८०

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आयाल निमगमाथि प्रश्न उठाएका छन् । आइतबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आयल निगम घाटामा छ भने बोनस बाँढ्ने रकम कहाँबाट आयो भन्दै प्रश्न गरेका हुन् ।

उनले स्वचलित मूल्य भए आयल निगमले मूल्य घट्दा दुई दिनसम्म किन घटाउँदैन भन्दै समेत प्रश्न गरे ।

उनले भने, ‘आयल निगम आयात पनि आफैं गर्छ । व्यापार पनि आफैं गर्छ । नियामक निकाय पनि उही हो । सबै कुरा आफैं गर्छ । कर्मचारीलाई बोनस बाँड्न भ्याउँछ । तर, सधैं घाटामा छु भन्छ । घाटा के हो ? निर्क्योल गरियोस् । अन्तर्राष्ट्रिय बजारअनुसार मूल्यवृद्धि भएको हो भने घटेका बेलामा मूल्य घटाउन दुईतीन दिन किन लगाउँछ ?’

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १४:५०
प्रतिक्रिया दिनुहोस्