नेभिगेशन
समाज विविध

काठमाडौं महानगरलाई धन्यवाद दिन फुटपाथ व्यवसायीले निकाले र्‍याली

काठमाडौं- फुटपाथ व्यवसायीहरूको व्यवस्थापनका लागि काठमाडौ महानगरपालिका तयार भएपछि उनीहरूले धन्यवाद दिएका छन्।आइतबार काठमाडौंमा सडक व्यवसायीहरूले रत्नपार्कदेखि काठमाडौ महानगरपालिकाको कार्यालयसम्म प्लेकार्ड बोकेर धन्यवाद र्‍याली निकालेका हुन्।

केही दिन अघि अभियन्ता ई: सँग महानगरपालिकाले सडक व्यवसायीकाे व्यवस्थापनबारे सहमति गरेकाे थियाे। उक्त सहमतिलाई लिएर फुटपाथ व्यवसायीहरूले  निकालेकाे र्‍यालीमा अभियन्ता ईः पनि सहभागी थिए।

साना सडक व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्न माग गर्दै उभिएर धर्नामा रहेका अभियन्ता ‘ईः’ र काठमाडौं महानगरपालिकाबिच चार बुँदे सहमति भएको थियो।

सहमतिमा फुटपाथ, सार्वजनिक स्थलमा व्यापार गर्ने क्रममा जफत भएका सामग्रीहरू महानगरले सम्बन्धित धनीलाई फिर्ता दिने उल्लेख छ ।

यस्तै महानगरले अनौपचारिक क्षेत्रमार्फत हुने व्यापारलाई व्यवस्थित गर्न अध्ययन समिति बनाउने सहमति भएको छ। समितिमा महानगरपालिकाका तर्फबाट तीन जना, अभियन्ताका तर्फबाट दुई जना प्रतिनिधि र भौतिक तथा यातायात मन्त्रालयबाट एक जना प्रतिनिधि रहने पनि उल्लेख छ ।

समितिले २ महिनाभित्र महानगरपालिकामा प्रतिवेदन पेस गर्नुपर्ने छ । यस्तै फुटपाथ र सार्वजनिक स्थलमा व्यापार गरेका व्यवसायीहरूका लागि महानगरपालिका भित्र कानुनले निषेध गरेका स्थान बाहेक  उपयुक्त स्थानको पहिचान गर्न महानगरपालिकाले  एक हप्ताभित्र पहल गर्ने सहमति पत्रमा उल्लेख गरिएको छ ।

अभियन्ता ई: ले १९९ घन्टासम्म राष्ट्रिय सभागृह अगाडि उभिएर आन्दोलन गरेपछि महानगरले सहमति गरेको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

भारतीय दूतावास अगाडि प्रदर्शन

देशका अधिकांश भागको मौसम सफा रहने