नेभिगेशन
समाचार

मन्त्रिपरिषद बैठकबाट पेट्रोलियमको मुल्यबृद्धि फिर्ता लिने सम्भावना, उच्च आयोग अनुमोदन गरिने

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको आकस्मिक मन्त्रिपरिषद बैठकमा दुई एजेन्डामा निर्णय हुने भएको छ। नेपाल आयल निगमले बढाएको पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मुल्यबृद्धि फिर्ता लिने तथा सुन तस्करी छानबिनका लागि तीन सदस्यीय आयोग अनुमोदन गरी जिम्मेवारी तोक्न सक्ने उच्च स्रोतले जानकारी दियो।

दलहरुबीच सुन तस्करी छानबिनका लागि आयोग बनाउने सहमति आज नै जुटेको थियो। यता, नेपाल आयल निगमकोसञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिलिटर २१५ रुपैयाँ बढाउने निर्णय गरेको हो । त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाएको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार