नेभिगेशन
समाचार

प्रधानमन्त्री प्रचण्डले संसदमा सम्बोधन गर्ने

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने भएका छन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन भदौ ३० गते अमेरिका गएका प्रचण्ड उतैबाट असोज ५ गते चीन भ्रमणमा गएका थिए । चीन भ्रमणबाट शनिवार स्वदेश फर्किएका प्रचण्डले आइतबार नै संसदमा बोल्न लागेका हुन् ।

सम्बोधनका क्रममा प्रचण्डले आफ्नो चीन भ्रमण, सुन तस्करी जाँचबुझ आयोग गठन र समसामयीक विषयमा धारणा राख्नेछन् । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार