नेभिगेशन
समाचार

प्रधानमन्त्रीले बोलाएको बैठक रास्वापाले गर्यो बहिस्कार

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठक बहिष्कार गरेको छ ।

रास्वपा सभापति रवि लामिछानेले बैठक बहिष्कार गरेका हुन् । उनले चाडपर्वको मुखमा आम उपभोक्ताहरुलाई मार पर्ने गरि सरकारले गरेको मूल्यवृद्धिप्रति आपत्ति जनाउँदै बैठक बहिष्कार गर्ने जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डले आज बिहान ११ बजे बालुवाटारमा बस्ने गरी सात दलको बैठक बोलाएका छन् ।

न्यूयोर्क र चीन भ्रमण सकेर फर्किएलगत्तै उनले आज बैठक बोलाएका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार