नेभिगेशन
समाचार

प्रधानमन्त्रीले बोलाए राष्ट्रिय मान्यताप्राप्त दलहरुको बैठक

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय मान्यताप्राप्त दलहरूकाे  बैठक बोलाएका छन्।

आइतबार बिहान ११ बालुवाटारमा बस्ने गरी सात दलको बैठक बोलाइको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।

बैठकमा राष्ट्रिय मान्यताप्राप्त दलहरू सहभागी हुनेछन्। बैठकमा सदन सञ्चालन, सुन तस्करीको छानबिन लगायतमा छलफल हुने बुझिएको छ।

सुन तस्करीको छानबिन गर्न भनेर आयोग बनाउने सहमति भएको थियो संसद् खुलाउनका लागि तर यसबीचमा आयोग बन्न सकेन । त्यस विषयमा जुन विन्दुमा अड्किएको छ त्यसैबाट अगाडि बढ्ने गरी छलफलमा दलहरूलाई बोलाउनुभएको हो,’ मल्लले भने ।

आयोग गठन असोज ५ मा गरिसक्नुपर्ने सहमति भएको थियो । भदौ ६ मा भएको राजनीतिक दलहरूबीचको सहमति कार्यान्वयन आयोगको कार्यक्षेत्र के हुने भन्ने विषयमा सहमति नहुँदा गठन हुन सकेको छैन ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार