नेभिगेशन
समाज विविध

खाना पकाउने ग्यासको मुल्य बढ्यो, प्रति सिलिन्डर कति ?

काठमाडाैं - सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएकाे छ।

नेपाल आयल निगम सञ्चालक समितिको बैठकले शनिबार राति १२ बजेबाट लागू हुनेगरी मूल्य बढाएको हो । भारतबाट मूल्य बढेर आएको भन्दै निगमले मूल्य बढाएको छ ।

खाना पकाउने एलपी ग्यासको मूल्यमा उच्च वृद्धि भएको छ।  एलपी ग्यासकाे मूल्य प्रतिसिलिन्डर  २१५ रुपैयाँ बढेको छ। यसअघि १८९५ रुपैयाँ थियो । नयाँ मूल्य २११० रुपैयाँ पुगेको छ ।

निगमले पेट्रोलको मूल्य प्रतिलिटर २ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाउने निर्णय गरेको छ ।

यस्तै हवाइ इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर ८ तथा हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ६० (प्रतिलिटर करिब ८ रुपैयाँ) बढाएको छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चार दिन प्रि-बजेट छलफल हुने