नेभिगेशन
समाचार

ठूला दललाई रवि लामिछानेको चुनौती– जमानत जफत गराउनोस्

घोराही - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ठूला दलहरूकै कारण आफूहरू राजनीतिमा आएको बताएका छन् ।

दाङको घोराहीमा आयोजित कार्यक्रममा उनले २०८४ को निर्वाचनमा आफूहरूको जमानत जफत हुने गरी जनताको पक्षमा काम गरेर देखाउन चुनौती दिए ।

सभापति लामिछानेले अहिले सरकारले भ्रष्टाचारको फाइल नखोलेर केही पाना पल्टाउने र बन्द गर्ने गर्दै आएको टिप्पणी गरे ।

जनताको पक्षमा काम गर्न भनेर गएका दलहरूले राष्ट्रिय स्वतन्त्र पार्टीलाई गाली गर्नमा मात्र समय खर्चिएको उनको भनाइ छ । उनले पार्टीको भन्दा जनताको समस्याका बारेमा चिन्ता लिन सुझाव दिए । रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार