Nic Ad Nic Ad
Nic Ad Nic Ad

एमाले प्रदेश अधिवेशन : कोशी र कर्णालीमा आज मतदान

आइतबार, असोज १४, २०८०

काठमाडौं - नेकपा (एमाले) कर्णाली प्रदेश र काेशी प्रदेश कमिटीको नेतृत्व चयनका लागि आज (आइतबार) मतदान हुँदै छ।

सुर्खेतमा जारी पार्टीको पहिलो कर्णाली अधिवेशनअन्तर्गत बिहान ८ बजेदेखि मतदान सुरु गरिने निर्वाचन समितिले जानकारी गराएको छ। समितिका अनुसार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सिटी हलमा मतदान हुने छ।

शनिबार नै मतदान हुने भनिएको भए पनि सहमतिको प्रयास गरिएका कारण आज मात्रै मतदान हुने भएको हाे।

कर्णालीमा अधिवेशनबाट पाँच पदाधिकारीसहित १३५ सदस्य चयन गरिनेछ ।

एमाले कर्णाली अध्यक्षका निम्ति कालीकोटका मीनबहादुर शाही, कालीकोटकै प्रकाश रोकाया र सल्यानका गुलाबजंग शाह चुनावी मैदानमा छन् ।

अध्यक्ष पदका लागि पाँचजनाले उमेदवारी दर्ता गराएका थिए । तीमध्ये कर्णाली प्रदेशसभाका पूर्वसभामुख राजबहादुर शाही र कालीकोटका प्रेमबहादुर सिंहले उमेदवारी फिर्ता लिएका थिए ।

त्यस्तै, एमाले काेशी प्रदेश अधिवेशनमा पनि आज मतदान हुन लागेकाे छ।

कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा र विनोद ढकालले उम्मेदवारी दर्ता गराएका छनन्। अधिवेशनले नेतृत्व चयनका लागि आज बिहान ११ देखि अपराह्न ४ बजेसम्म मतदान हुने एमाले सचिव रघुविर महासेठले जानकारी दिए।

प्रदेश समितिमा अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव निर्वाचित हुनेछन्। एमालेको अधिवेशनका लागि ९ सय ९७ जना प्रतिनिधि छन्।अधिवेशनबाट पाँच पदाधिकारीसहित २१५ सदस्यीय प्रदेश कमिटीका लागि निर्वाचन हुनेछ।

 

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  ०६:४९
प्रतिक्रिया दिनुहोस्