नेभिगेशन
समाज विविध

छिमेकी पालिकाका कर्मचारीका रासलिलाः डमरुप्रसाद चुप्पा खाँदै मदिरामा मात्तिए, मुकुन्द जंगलमा समातिए

काठमाडौंहबस्ले उडाउँछ होस् हवास्। झापा र इलामका तीनवटा छिमेकी पालिकाका जिम्मेवार कर्मचारीको यस्तै क्रियाकलापले अहिले चर्चा पाएको छ।

झापाको दमक नगरपालिका र इलामको जोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौला र काजीमान राईको प्रेमलापको भिडिओ बाहिरिएको बेला अर्को छिमेकी अर्जुनधारा नगरपालिकाका स्वास्थ्य विभाग प्रमुख मुकुन्द बस्नेत र एक कर्मचारी जंगलमा डेटिङमा पुगेका बेला समातिए। त्यो पनि, बस्नेतकी श्रीमतीले नै समातेको भिडिओ सार्वजनिक भयो।

दमक नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत निरौला एक डिभोर्सी महिलासँग चुप्पा खाँदै गरेको भिडिओ लाइभमा देखिएका थिए भने इलामको जोगमाई गाउँपालिकाका प्रशाकीय अधिकृत राई लेखा अधिकृतलाई सुम्सुम्याएको भिडिओमा कैद भए। यता, झापाको अर्जुनधारा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बस्नेतलाई भने पत्नीले नै जंगलमा कर्मचारीसँगको प्रेमलापका बेला समातिन्।

भिडिओमा पत्नीले बस्नेतलाई गालीगलौज गर्दै लछारेको देख्न सकिन्छ। भने अर्की महिला कर्मचारीलाई तथानाम गाली गरेकी छन्। पत्नीले लछार्दै गर्दा बस्नेतले आफूले लगाएको ज्याकेट खोलेर गर्लफ्रेन्डलाई लगाउन दिएका थिए।

मदिरा सेवन गरेर अनैतिक क्रियाकलाप गर्दै गरेको भिडियो सार्वजनिक भएपछि झापाको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरौलालाई सामान्य प्रशासन मन्त्रालयले तानेर सरुवा नै गरिसकेको छ।

काजीमानको त के कुरा गर्नु। पालिका कार्यालयभित्र सीसी क्यामेरा छ भन्ने जान्दा जान्दै पनि लेखा अधिकृत महिलासँग उनको अन्तरङ्ग सम्बन्ध गाँसेको भेटिए। उनको पनि झापाको बाह्रदशीमा सरुवा भए पनि भिडिओले समस्यामा पारेको थियो।

सरकारी कर्मचारी वृत्तमा बिबाहेत्तर सम्बन्ध रहेका अन्य उदाहरण पनि रहेको बताइन्छ। यी भिडिओमा सार्वजनिक भए पनि कतिपयका प्रेमलाप अहिले पनि चल्ने गरेको अनुमान गरिन्छ।

सरकारी कर्मचारीका यस्ता सम्बन्धका अनेक उदाहरण छन्, यसअघि पनि नआएका होइनन्, स्रोतले भन्यो,‘अहिले स्थानीय तहको मात्र सार्वजनिक भएको छ, संघीय सरकारका अनेक कार्यालयमा विविध कर्मचारीका सम्बन्ध कम हुने गरेका छैनन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चार दिन प्रि-बजेट छलफल हुने