नेभिगेशन
समाचार

एमाले कर्णाली प्रदेशको आज मतदान : अध्यक्षका लागि पाँच जनाको दाबी

सुर्खेत - नेकपा एमाले कर्णाली प्रदेशको भावी नेतृत्व चयनका लागि आज मतदान हुँदैछ।

निर्वाचन समितिका अनुसार मध्याह्न १२ बजेबाट मतदान सुरु हुनेछ ।

कर्णाली प्रदेशको भावी अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी दर्ता भएको छ। निर्वाचन अधिकृत मातृका खनालका अनुसार अध्यक्षका लागि गुलावजंग शाह, मीनबहादुर शाही, राजबहादुर शाही, प्रेमबहादुर सिंह र प्रकाश रोकायाले उम्मेदवारी दर्ता गराएका छन्।

बिहान ९ बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ । अधिवेशनमा कर्णालीका १० जिल्लाबाट ६०४ प्रतिनिधि रहेका छन् । 

आज हुने निर्वाचनले एमाले एमाले कर्णालीमा पाँचजना पदाधिकारी सहित १३५ सदस्यीय कमिटी निर्वाचित गर्नेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार