नेभिगेशन
समाज विविध

अभिनेता अनमोल केसी अस्पताल भर्ना

काठमाडौं - शुक्रबार साँझ आपराधिक विश्वासघात गरेको आरोपमा पक्राउ परेका अभिनेता अनमोल केसी अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् ।

आर्थिक लेनदेन विवादमा फिल्म ‘रावायण’का निर्माताको उजुरीपछि पक्राउ परेका अभिनेता केसी गएराति नर्भिक अस्पतालमा भर्ना भएका हुन्।

भक्तपुरको साँगाबाट पक्राउ गरेर प्रहरीले उनलाई अपराध महाशाखा बानेश्वरमा ल्याएको थियो।

त्यहाँ उनलाई भेट्न उनी निकट फिल्मकर्मी पुगेका थिए । अनमोलको आगामी फिल्म ‘जेरी अनटप’का निर्माता सरोज न्यौपानेले छातीमा केही समस्या भएपछि अनमोललाई नर्भिकमा भर्ना गरिएको जानकारी दिए ।

अपराध महाशाखा पुगेका निर्माता न्यौपानेले आफूसँगको भेटमा अनमोलले ‘दाई बरु म जेलमै बस्छु तर, नराम्रो मूभी त गर्दिन’ भनेर बताएको सामाजिक संजालबाट जनाएका छन् ।

‘रावायण’ फिल्मको तर्फबाट निर्मात्री सुप्रिया कटुवालले १० लाख रुपैयाँ पेश्की लिएर पनि अनमोलले फिल्म खेल्न नमानेको भन्दै प्रहरीसामु आपराधिक विश्वासघातको उजुरी दिएकी थिइन्। उनको उजुरीको आधारमा प्रहरीले पक्राउ पूर्जी जारी गर्दै पक्राउ गरेको हो ।

प्रहरीले आइतबार उनलाई अदालतमा उपस्थित गराउने तयारी गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चार दिन प्रि-बजेट छलफल हुने