नेभिगेशन
समाचार

एमाले बागमती अधिवेशन : निर्वाचित पदाधिकारीहरु को - को हुन् ? (नामसहित)

काठमाडौं - नेकपा एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल विजयी भएका छन्।

प्रतिस्पर्धी कृष्ण दाहाललाई पराजित गर्दै ढुंगेल अध्यक्षमा निर्वाचित भएका हुन् ।

अध्यक्षमा निर्वाचित ढुंगेलले ६९६ मत पाए । उनका प्रतिस्पर्धी दाहालले ४३९ मत पाए । प्रदेश उपाध्यक्षमा दावा दोर्जे लामा निर्वाचित भए । उनले ६१५ मत पाए ।

यस्तै, सचिवमा नवराज सिलवालले एक मतले बाजी मारे । सिलवालले ५६८ र हस्त पण्डितले ५६७ मत पाएका छन् ।

उपसचिवमा खुलातर्फ प्रेमबहादुर महर्जन र महिलातर्फ भक्तकुमारी लामाले जितेकी छन् । महर्जनले ३६७ सहित जित निकाल्दा र लामाले ५९९ मत पाएर जितिन् ।

मतदानमा एक हजार १३५ मत खसेको थियो ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा विद्तुतीय भोटिङ मेसिनमार्फत मतदान भएकाे थियाे।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार